नेपाली भाषाको श्रीबृद्धिमा योगदान दिने तिमिल्सिनालाई मदरल्याण्डको सम्मान
काठमाडाैं | साउन ९, २०८०
नेपाली भाषाको श्रीबृद्धिमा योगदान दिएका गंगाधर तिमिल्सिना पोखरामा सोमबार सम्मानित भएका छन् ।
लामो समयसम्म शिक्षण पेशामा रहि नेपाली भाषा शिक्षण मार्फत विद्यार्थीहरुमा नेपाली विषयका भाषिक ज्ञानलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै पोखराको मदरल्याण्ड माध्यामिक विद्यालयले तिमिल्सिनालाई सम्मान गरेको हो ।
शिक्षण पेशाबाट निवृत्त भए पछि पनि तिमिल्सिनाले लेखन कार्य मार्फत नेपाली भाषाको गरिमा प्रर्बद्धनका लागि पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै, विद्यालयले नगद १० हजार १ सय ११ रुपैयाँ र सम्मानपत्रले तिमिल्सिनालाई सम्मान गरेको हो ।
बरिष्ठ साहित्यकार सरुभक्त, साहित्यकार सरस्वती श्रेष्ठ, मदरल्याण्ड माध्यामिक विद्यालयका निर्देशक डा त्रिभुवन शर्मा, प्राचार्य नारायण बराल लगायतले तिमिल्सिनालाई माला, दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
बिक्रम संबत १९९९ सालको पौषमा पोखरा महानगरपालिका वडा नं. २३ चैनपुरमा जन्मनु भएका तिमिल्सिना चार दशक शिक्षण पेशामा रहि महत्वपूर्ण योगदान दिनु भएको थियो । उहाँले २१ वर्ष पोखरा महानगरपालिका वडा नं. ५ को वाराही माध्यमिक विद्यालयमा प्राचार्यको भूमिकामा रहेर विद्यालयको शैक्षिक तथा पूर्वाधारको गुणस्तमा बृद्धि तथा बिकासमा महत्वपूर्ण योगदान दिनु भएको थियो ।
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

